काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विवादास्पद अभिव्यक्ति दिएपछी मन्त्री पद नै धरापमा परेको छ । हिजो क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि पद धरापमा परेको हो।
हिजो (बुधबार) राजधानीमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए। उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएपछि उनको चौतर्फी आलोचना भईरहेको छ।
किराँतीले भनेका थिए,‘नेपाल बहु धार्मिक राज्य हो। यो संविधानले स्वीकारेको कुरा हो। मैले भनेको कुरा होइन। राज्यका आँखामा सबै धर्म बराबरी हुन्। आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन्। क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो।’
संस्कृतिमन्त्रीले नै यस्तो विवादास्पद अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना र बिरोध सुरु भएको छ।




