राष्ट्रियसभाको बैठकमा आज प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

/fli6«o;ef a}7sdf k|d bfxfn sf7df8f}F, @$ h]7M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú /fli6«o;efsf] cfh a;]sf] a}7snfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं। राष्ट्रियसभाको बैठक आज बस्दै छ। १४औँ अधिवेशनको १६औँ बैठक बस्न लागेको हो। दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८/०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्नेछन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका पूर्वसदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।